यस्तो रहनेछ आज शुक्रबारको मौसम

यस्तो रहनेछ आज शुक्रबारको मौसम

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ।

यतिबेला देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति देशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साउन २७, २०७९ शुक्रबार ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।