तीन सचिव हेरफेर : अर्थमा पुष्कर, दंगाल राजस्व र पर्यटनमा अधिकारी

काठमाडौं : सरकारले तीन जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।
यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालीन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो।
मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी भने सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामेश्वर दंगाललाई दिएको छ।
यसैगरी मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई दिएको छ।
साउन २६, २०७९ बिहीबार २०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।