सत्ता गठबन्धनमा अहिलेको सांसद संख्यालाई आधार मानेर सिट बाँड्ने समझदारी

सत्ता गठबन्धनमा अहिलेको सांसद संख्यालाई आधार मानेर सिट बाँड्ने समझदारी

काठमाडौं : सत्ता-गठबन्धनका दलहरुबीच अहिले सांसद संख्यालाई आधार बनाएर आगामी निर्वाचनमा सिट बाँडफाँड गर्ने समझदारी भएको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडका विषयमा छलफल गर्न आज बसेको सत्ता-गठबन्धन कार्यदलको बैठकले वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाएर सिट बाँडफाँड गर्ने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए।

‘गएको निर्वाचनलाई बेस बनाउने मोटामोटी सहमति भएको छ’ उनले भने, ‘दलको प्रत्यक्ष र समानुपातिकतर्फ उपस्थितिको सेरोफेरोमा सहमति गर्ने मोडालिटीमा जानुपर्छ’ उनले भने।

साउन २६, २०७९ बिहीबार १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।