एमालेले केपी ओलीको अध्यक्षतामा बनायो निर्वाचन परिचालन समिति

काठमाडौं : आगामी मंसिर ४ गतेको आम निर्वाचनका लागि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो।
समितिमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष/महासचिव र विभागका सचिव रहने एक नेताले बताए।
एमालेले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ।
मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहने बताइएको छ।
साउन २६, २०७९ बिहीबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।