‘ए’ डिभिजन लिग फुटबलको मिति तय

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुस ८ देखि चैत ४ गतेसम्म गर्ने निर्णय गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमितिको दोस्रो बैठकले ए डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।
ए डिभिजन लिग सकिएलगत्तै चैत ६ देखि बी डिभिजन लिग सुरु हुने एन्फाका एक सदस्यले बताए।
त्यस्तै ‘सी’ डिभिजन लिग भने २०८० वैशाख १८ गतेबाट जेठ २७ गतेसम्म आयोजना हुने एन्फाले जनाएको छ।
साउन २६, २०७९ बिहीबार १७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।