सिट बाँडफाँटबारे छलफल गर्न आज पनि गठबन्धनको कार्यदलको बैठक बस्ने

सिट बाँडफाँटबारे छलफल गर्न आज पनि गठबन्धनको कार्यदलको बैठक बस्ने

काठमाडौंः आज सत्ता गठबन्धनको कार्यदलको दोस्रो बैठक बस्दैछ। मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदलको बैठक आज दिउँसो २ बजे बस्ने भएको हो।

बैठक कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्त्वमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

सत्ता गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट गर्ने मापदण्ड तय गर्न कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट नेता सिटौलासहित गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्। माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ रहेका छन्।

यस्तै एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल छन्। जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ पनि कार्यदलको सदस्य छन्। यता राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।

यसअघि कार्यदलको बैठक साउन २३ गते बसेको थियो।

साउन २६, २०७९ बिहीबार ०९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।