बालेन-नर्भिक विवादमा छिर्‍यो सर्वोच्च, अल्पकालीन आदेश दिएर दुबै पक्षलाई छलफलमा बोलायो

बालेन-नर्भिक विवादमा छिर्‍यो सर्वोच्च, अल्पकालीन आदेश दिएर दुबै पक्षलाई छलफलमा बोलायो

नर्भिकको रिटमा सुनुवाइ गर्दै बुधवार मनोजकुमार शर्माको एकल इजलासले तत्काल संरचना नभत्काउन अल्पकालीन आदेश जारी गर्दै सोमबार दुवै पक्षलाई छलफलमा बोलाएको छ।

नर्भिक अस्पतालसँगै रहेको एक रोपनी बढी सरकारी जग्गा मन्त्रीपरिषद्को निर्णय विना नै २० वर्षका लागि भाडामा लिएर नक्सा पासै नगरी संरचना बनाएको भन्दै विवाद सुरु भएको थियो।

महानगरले नक्सा पासै नगरी बनाएको अवैध संरचना हटाउने प्रयास गरेको थियो। २४ घण्टामा संरचना नहटेपछि मेयर शाह आफैँ नर्भिक पुगेका थिए।

नर्भिकको व्यवस्थापनले सो संरचनामा अक्सिजन प्लान्ट लगायतका संरचना रहेको भन्दै हटाउन समय मागेका थिए। शाहले हटाउन समय दिने र अध्ययनपछि हटाउने भन्दै फर्किएका थिए।

तर अस्पताल व्यवस्थापन संरचना हटाउनतिर भन्दा महानगरलाई रोक्न रिट बोकेर अदालत गएर अल्पकालीन आदेश ल्यायो।

अदालतले किन भत्काउनु परेको हो त्यसको कारणसहित महानगरका अधिकारीलाई अदालतमा डाँकेको छ। सोमबार दुबै पक्षसँग छलफल गर्ने अदालतको तयारी छ।

साउन २५, २०७९ बुधबार २१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।