स्वास्थ्य बिमा कार्यक्रमलाई कोल्याप्स बनाउन खोजिएको सांसद अधिकारीको आरोप

स्वास्थ्य बिमा कार्यक्रमलाई कोल्याप्स बनाउन खोजिएको सांसद अधिकारीको आरोप

प्रतिनिधि सभाको आजको बोल्दै उनले सेवाप्रदायक स्वास्थ्य संस्थालाई भुक्तानी नगरेर सरकारले हुर्मत लिएको समेत बताए।

अर्थमन्त्री जनार्दन शर्माले बिमा कार्यक्रमलाई कम्पनीमार्फत सञ्चालन गर्ने विषय बजेट भाषणमा राखेदेखि नै यसको विरोध भइरहेको छ।

स्वास्थ्य बिमा कार्यक्रमलाई कम्पनी खोलेर निजी क्षेत्रलाई दिने भनेपछि अप्ठ्यारो बनाएको उनले बताए। उनले भने, यो तरिकाले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स हुँदैछ। यस विषयलाई लिएर म सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।’

सरकारले सञ्चालनमा ल्याएको यो कार्यक्रममा कुल बिमित सदस्य संख्या ५३ लाख ४ हजार २ सय ७० छ। 

सेवा लिने २० लाख ८९ हजार ५ सय ९९ जना छन्। सबै जिल्ला र ७ सय ४५ स्थानीय तहमा विस्तार भएको छ। सेवाप्रदायक स्वास्थ्यसंस्था ४ सय ४१ रहेका छन्। यो कार्यक्रम अन्तर्गत सरकारले बिमितबाट ११ अर्ब रुपैयाँ संकलन गरेको छ।

साउन २५, २०७९ बुधबार १४:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।