सान्चेजले इन्टर छोडे, फ्रान्सेली क्लब मार्से जाने निश्चित

चिलीका यी खेलाडीले मार्सेसँग दुई वर्षको सम्झौता गर्नेछन्। ३३ वर्षीय सान्चेजले इन्टरमा तीन सिजन बिताउँदा १०९ खेलमा २० गोल गरेका थिए। उनले इन्टरलाई तीन उपाधि जिताएका छन्।
सान्चेज २०२०–२१ को सिजनमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टरमा स्थायी खेलाडीको रुपमा अनुबन्ध भएका थिए।
साउन २५, २०७९ बुधबार १३:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।