मनोहराको बाढीले पेप्सीकोला प्लानिङको सडक भासियो

तस्बिर : कृष्पा श्रेष्ठ
काठमाडौं : गए रातिको भीषण वर्षापछि मनोहरा खोलामा आएको बाढीले पेप्सीकोला, प्लानिङको सडक ठाउँ-ठाउँमा भासिएको छ।
बाढीले पेप्सीकोलाबाट पुरानो ठिमी जोड्ने मनोहरा पुलमाथिको सडक पनि भत्काएको छ। पुलमाथिको सडक चर्किनुका साथै भासिएर ठूलो प्वाल परेको छ।
पुलमाथिको सडक भासिएपछि सवारी साधन आवत-जावतमा जोखिम भएको छ।
अविरल वर्षापछि आएको बाढीले पेप्सीकोला, काँडाघारी क्षेत्र डुबानमा परेको थियो। बाढीले काँडाघारीको प्रहरी चौकी समेत डुबाएको थियो।
साउन २५, २०७९ बुधबार १२:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।