ललितपुर महानगरका ज्येष्ठ नागरिकलाई १० हजार रुपैयाँ चाडपर्व भत्ता दिइने

ललितपुर महानगरका ज्येष्ठ नागरिकलाई १० हजार रुपैयाँ चाडपर्व भत्ता दिइने

काठमाडौं : ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार रुपैयाँ भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाड-पर्व हाँसीखुसी मनाउन पाउन् भन्ने उद्देश्यले महानगरपालिकाले भत्ता दिन लागेको हो। 

उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एक पटक १० हजार रुपैयाँ दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। 

उनले भने, 'यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बुढापाकाको मन ज्यादै हर्षित हुनेछ। उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौं।'

महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई पाँच हजार रुपैयाँ दिने गरेकामा यस वर्ष १० हजार दिने भएको महर्जनले जानकारी दिए। ललितपुर महानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेको बताइएको छ।

साउन २५, २०७९ बुधबार १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।