बालाजुको जुत्ता कारखानामा आगलागी

काठमाडौं : बालाजु, बाइपासस्थित एक जुत्ता कारखानामा आगलागी भएको छ। आज दिउँसो करिब पौने १२ बजे जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। काठमाडौं महानगरको एउटा दमकल त्यहाँ पुगिसकेको छ। अर्को ललितपुरको दमकल पनि त्यहाँ जाँदै गरेको प्रहरीले जानकारी दिएको छ।
वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो। आगलागीबाट नजिकका घरहरू जोखिममा रहेको प्रहरीले जनाएको छ।
साउन २५, २०७९ बुधबार १२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।