श्रीमतीले अचानो प्रहार गर्दा श्रीमानको मृत्यु

काठमाडौं : पश्चिम चितवनको पार्वतीपुरमा श्रीमतीले अचानो प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ। घरायसी झगडामा श्रीमतीले अचानो प्रहार गर्दा श्रीमानको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको श्रीमतीको प्रहारबाट मृत्यु भएको हो।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो। घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेको र आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको उनले बताए।
श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साउन २५, २०७९ बुधबार ११:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।