सानिमा बैंकले प्लस टु अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन खोल्यो

सानिमा बैंकले प्लस टु अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन खोल्यो

काठमाडौं : सानिमा बैंकले प्लस टु अध्ययन गर्ने विद्यार्थीका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्तिको आवेदन खुला गरेको छ।

उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति २ हजार रुपैयाँ प्रतिमहिना गरी प्रत्येक विद्यार्थीलाई ५ हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ।

बैंकले यो छात्रवृत्ति काठमाडौं उपत्यका बाहिरका सबै शाखाहरुबाट स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई प्लस टु अध्ययनका लागि दिँदै आएको छ।

छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिने बैंकले जनाएको छ। 

सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुनेगरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

साउन २५, २०७९ बुधबार ०८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।