आज तीन प्रदेशमा भारी वर्षा, बाँकी भागमा छिटपुट

काठमाडौं : आज देशका पहाडी भू-भाग केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
यतिबेला देशका पाँच प्रदेशमा पानी परिरहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।
साउन २५, २०७९ बुधबार ०७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।