अन्तरविद्यालय इन्डोर क्रिकेट : आज ९ खेल सम्पन्न

इटहरी : इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा जारी अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज ९ खेल सम्पन्न भएका छन्।
इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा भएको खेलमा वाई पोनटिङले सेक्रेट हार्ड, ग्रिन पिसले डिभिएम, महेन्द्र मेमोरियलले विश्व आदर्श र माउन्ट मकालुले कोशीलाई पराजित गरेको छ।
आजै भएको अन्य खेलमा पशुपतिले लर्ड बुद्ध, तथा सुनसरीले एसओएसलाई पराजित गरेको छ।
बिहीबार फाइनल हुने प्रतियोगिताको चार समूहका विजेताहरुले सेमिफाइनल खेल्ने छन्। प्रतियोगिताको तेस्रो दिन बुधबार लिग चरणका ६ तथा २ सेमिफाइनल खेल हुने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले जनाएका छन्।
साउन २४, २०७९ मंगलबार २०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।