पोखरीमा डुबेर दुई जनाको मृत्यु

पोखरीमा डुबेर दुई जनाको मृत्यु

काठमाडौं : पोखरीमा डुबेर सप्तरीमा दुई जनाको मृत्यु भएको छ। छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित हजुरबुबा देवनारायण पण्डितको घर आएका झापाको घैलाडुब्बा–६ घर भएका सञ्जय पण्डितका छोरा दुई वर्षीय दीप पण्डितको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

गाउँको डिहबार थानको पूर्व रहेको पोखरी नजिकै खेल्ने क्रममा चिप्लिएर डुबेका बालकलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। 

यसैगरी विष्णुपुर गाउँपालिका–३ बस्ने सीताराम सदाको छोरा ३५ वर्षीय लल्कु भनिने शिवशङ्कर सदाको पोखरीमा डुबेर मृत्यु भएको छ।

विष्णुपुर गाउँपालिका–१ र ३ को सीमामा रहेको कट्टी मुसहरीस्थित सार्वजनिक पोखरीमा फुलेको कमलको फूल टिप्न गएका सदाको डुबेर मृत्यु भएको स्थानीयवासी राजेन्द्र सदाले बताए।

साउन २४, २०७९ मंगलबार २०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।