पोखरामा लागुऔषध सहित चार जना पक्राउ

पोखरा : पोखरामा लागुऔषध सहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध सहित चार जनालाई पोखराका विभन्न ठाउँबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कास्कीको अन्नपुर्ण गाउँपालिका–९ घर भइ हाल पोखरा महानगरपालिका–१३ बस्ने ४४ वर्षीय इन्द्रमान गुरुङ, पोखरा–१३ बाँझापाटनका ४० वर्षीय विकास गुरुङ, पोखरा–२० भलामका ३१ वर्षीय सविन विक र पोखरा–३० घर भइ बगालेटोल बस्ने ५३ वर्षी कुमार गुरुङलाइ रहेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट डाइजिपाम, फेनेरागन, नुर्फिन लगायतका ३७० एम्पुल अवैध लागुऔषध बरामद गरेको कास्की प्रहरीका प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए।
उनका अनुसार इन्द्रमानको साथबाट डाइजिपाम ५३, फेनेरागन ५३ र नुर्फिन ५३ एम्पुलसहित १५९ एम्पुल बरामद गरिएको छ। त्यसैगरी विकासको साथबाट डाइजिपाम २५ एम्पुल, फेनेरागन २५ एम्पुल र नुर्फिन २५ एम्पुलसहित ७५ एम्पुल बरामद भएको छ।
यस्तै सविनको साथबाट डाइजिपाम १७, फेनेरागन १७, नुर्फिन १६ एम्पुलसहित ५० एम्पुल र कुमारको साथबाट डाइजिपाम २८, फेनेरागन ३० र नुर्फिन २८ एम्पुलसहित ८६ एम्पुल बरामद गरिएको हो।
उनीहरुलाई लागुऔषध सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए।
साउन २४, २०७९ मंगलबार १९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।