बाबुरामलाई गठबन्धनमा ल्याउने देउवाको प्रयास, हाम्रो पनि हकदावी छ : बाबुराम

काठमाडौं : बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा ल्याउने प्रयास सुरु भएको छ। आज प्रधानमन्त्री शेरबहादुर देउवा र भट्टराईको भेटमा पनि यही विषयमा छलफल भएको थियो।
आज बालुवाटारमा भएको छलफलमा भट्टराईको पार्टीलाई गठबन्धनमा सामेल गराई चुनावमा जान प्रधानमन्त्री देउवा सकारात्मक देखिएका छन्।
चुनावी तालमेलबारे छलफल गर्न नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादव आज बालुवाटार गएका थिए। 'भेटमा प्रधानमन्त्री शेरबहादुर देउवा बाबुराम भट्टरालाई गठबन्धनमा ल्याउन सकारात्मक देखिनुभएको छ,' बालुवाटार स्रोतले भन्यो।
‘मैले तपाइँहरुलाई गठबन्धनमा ल्याउने विषयमा सोचिरहेको छु। तपाईंहरूलाई पनि सहभागी गराएर चुनावमा जानुपर्छ भन्ने लागिरहेको छ। म अन्य दलसँग पनि छलफल गरेर खबर गर्छु,’ देउवाले छलफलमा भनेका थिए।
छलफलमा भट्टराईले गठबन्धन बनाउन आफूहरूको ठूलो भूमिका रहेको बताएका थिए। उनले भने, 'यो गठबन्धनमा हाम्रो पनि हकदावी छ।’
साउन २४, २०७९ मंगलबार १९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।