सन्दीपको कप्तानीमा केन्या जाने क्रिकेट टिममा ज्ञानेन्द्र मल्ल पनि

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले केन्यासँगको तीन एक दिवसीय र पाँच टी–ट्वान्टी सिरिजका लागि २० सदस्यीय राष्ट्रिय टोलीमा रहेका खेलाडीको नाम सार्वजनिक गरेको छ।
टिममा सन्दीप लामिछानेको कप्तानीमा २० सदस्यीय टोलीको नाम घोषणा गरेको हो। केन्या जाने टोलीमा लामो समयदेखि टिमबाट बाहिर रहेका ज्ञानेन्द्र मल्ल समेत छन्।
टोलीमा रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सराफ, साहब आलम, किशोर महतो र विवेक यादव छन्।
जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर शाहलाई वैकल्पिक खेलाडीको रूपमा छनोट गरिएको छ।
नेपाल र केन्याबिच २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म केन्यामा सिरिज हुँदै छ। २५ अगस्टदेखि हुने टी–ट्वान्टी सिरिज ३ अगस्टमा सकिनेछ।
पहिलो एक दिवसीय सेप्टेम्बर २, दोस्रो सेप्टेम्बर ३ र अन्तिम एक दिवसीय सेप्टेम्बर ५ मा हुने क्यानले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
साउन २४, २०७९ मंगलबार १८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।