टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पेमार्फत

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पेमार्फत

काठमाडौं : सेयर लगानीकर्ताले आफ्नो टिएमएसमार्फत आइएमई पे छनोट गरी आफूले ब्रोकरलाई सेयर खरिद गरेवापत गर्नुपर्ने भुक्तानी साथै सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने भएका छन्।

हाल यो सुबिधा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ। आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएको छ।

टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने बताइएको छ।

साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजिटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले जानकारी दिए।

यो भुक्तानी रियल–टाइममा हुने भएकोले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नेछन्। यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शुल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ।

साउन २४, २०७९ मंगलबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।