
साढे चार किलो खैरो हेरोइनसहित पाँच जना पक्राउ

काठमाडौं : हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्।
प्रहरीले हेटौँडा उपमहानगरपालिका– १६ हटियाबाट पाँच किलो चार सय ग्राम लागूऔषध खैरो हेरोइनसहित ३९ वर्षीय सुवास लामिछाने र हेटौँडा–७ बस्ने २८ वर्षीय विकेश गौतमलाई पक्राउ गरेको हो।
त्यस्तै, हेटौँडा उपमहानगरपालिका–१२ नयाँ पुलस्थित भित्री बाटोबाट विभिन्न प्रकारको लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा सोही वडामा बस्ने २७ वर्षीय रमेश विश्वकर्मा र २७ वर्षीय सजन विश्वकर्मा छन्। उनीहरुलाई अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको टोलीले पक्राउ गरेको हो।
त्यसैगरी प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ गुम्बाचोकबाट पाँच किलो चार सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा–३ बसामाडी बस्ने ४२ वर्षीय लक्ष्मण बल रहेको प्रहरीले जनाएको छ।
साउन २४, २०७९ मंगलबार १५:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।