विचार नमिल्ने दलसँग गठबन्धन हुँदैनः नेम्वाङ

विचार नमिल्ने दलसँग गठबन्धन हुँदैनः नेम्वाङ

काठमाडौंः एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विचार नमिल्ने दलसँग आफूहरूले गठबन्धन नगर्ने बताएका छन्।पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने बताएका हुन्।

एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्ता गठबन्धनविरुद्ध चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको उनको भनाइ थियो।

नेम्वाङ्ले वर्तमान सरकारका कमीकमजोरी र विगतमा एमाले नेतृत्त्वको सरकारले गरेका राम्रा कामहरूलाई अजेन्डा बनाएर एमाले चुनावमा जाने बताए।

यस्तै उनले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप पनि लगाए।

सोही कार्यक्रममा एमालेका अर्का नेता योगेश भट्टराईले देशको आर्थिक स्थिति कमजोर बन्दै गएको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताए।

साउन २४, २०७९ मंगलबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।