धौलागिरि लघुवित्तले खुलायो तीन करोड ३१ लाख बराबरको आईपीओ

काठमाडौंः धौलागिरि लघुवित्तको आईपीओ बिक्री खुला भएको छ। आजबाट सर्वसाधारणले आईपीओका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता शेयर बिक्री खुला गरेको हो। जसमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र पाँच हजार १५५ कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी तीन लाख नौ हजार २९५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आवेदन दिने मिति साउन २९ गतेसम्म रहेको छ। यद्यपि यसबीचमा मागबमोजिम आवेदन नपरेमा भदौ ७ गतेसम्म आवेदन दिनसकिने कम्पनीले जनाएको छ।
केयर नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ।
साउन २४, २०७९ मंगलबार १३:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।