सयपत्री हाइड्रोको आईपीओ बाँडफाँट, ८७३ आवेदन शंकास्पद र २३१ आवेदन अस्वीकृत

सयपत्री हाइड्रोको आईपीओ बाँडफाँट, ८७३ आवेदन शंकास्पद र २३१ आवेदन अस्वीकृत

काठमाडौंः सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। आज कम्पनीको ६ लाख ७० हजार ५८६ कित्ता शेयर बाँडफाँट भएको हो।

कुल १४ लाख १३ हजार ५७२ जनाले आईपीओका लागि आवेदन दिएका थिए। तीमध्ये ८७३ आवेदन शंकास्पद भएकाले अयोग्य र २३१ आवेदन अस्वीकृत भएका छन्। स्वीकृत आवेदन १४ लाख १२ हजार ४६८ मध्ये ६७ हजार ५८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

यस्तै भाग्यमानी ६ आवेदकले ११ कित्ताका शेयर पाएका छन्।

साउन २४, २०७९ मंगलबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।