लागूऔषधसहित मोरङबाट दुई जना पक्राउ

मोरङः रतुवामाई नगरपालिका-४ पैयामारीबाट निषेधित लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। सोमबार बेलुका ८ बजे प्रहरी चौकी झुर्कीयाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तरतर्फ साइकलमा आइरहेका दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-७ बस्ने १९ वर्षीय राहुलकुमार शर्मा र मोरङ उर्लावारी नगरपालिका-७ बस्ने २२ वर्षीय युगल लिम्बू रहेका छन्। उनीहरूलाई चेकजाँच गर्ने क्रममा निषेधित लागूऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरिएको थियो।
साइकलसहित नियन्त्रणमा लिइएका उनीहरूमाथि ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको छ।
साउन २४, २०७९ मंगलबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।