हरिणको आक्रमणमा परी ८० वर्षीया वृद्धाको मृत्यु

महोत्तरीः जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा हरिणले आक्रमण गरेको हो।
साउन २४, २०७९ मंगलबार ०९:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।