मापसे गरेर स्कुटर चलाउँदा बानेश्वरमा दुर्घटना, चालक गम्भीर घाइते

मापसे गरेर स्कुटर चलाउँदा बानेश्वरमा दुर्घटना, चालक गम्भीर घाइते

काठमाडौंः नयाँबानेश्वरस्थित एभरेष्ट होटेलअगाडि गए राति स्कुटर पल्टिँदा चालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा उदयपुरको कटारी नगरपालिका- ३ का २९ वर्षीय अरुण परियार रहेका छन्।

हाल सिनामङ्गल बस्दै आएका अरुणको उपचार महाङ्कालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको छ।

परियार सवार बा७१प ११६ नम्बरको स्कुटर गए राति पौने १२ बजे अनियन्त्रित भएर पल्टिएको थियो। चालकले मदिरा सेवन गरेको खुल्न आएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ।

साउन २४, २०७९ मंगलबार ०९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।