चिनियाँ विदेशमन्त्रीको निम्तोमा परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौंः परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाँदै छन्। चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्।
खड्का २६ गतेसम्म चीनमा रहनेछन्। दुवै मन्त्रीहरूले २५ गते चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। मन्त्री खड्काको सम्मानमा विदेशमन्त्री यीले रात्रिभोजको आयोजना पनि गर्नेछन्।
गत मार्चमा यी नेपाल भ्रमणमा आएका थिए। त्यसबेला उनले खड्कालाई चीन भ्रमणको निम्तो दिएकाले उनी चीन जाने कार्यक्रम तय भएको थियो।
साउन २४, २०७९ मंगलबार ०७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।