पहिरोले सिपाघाट–मेलम्ची सडकखण्ड अवरुद्ध

पहिरोले सिपाघाट–मेलम्ची सडकखण्ड अवरुद्ध

काठमाडौंः लगातारको वर्षासँगै गएको पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध भएको छ। पहिरोले सिपाघाट–मेलम्ची सडकखण्ड अवरुद्ध भएको छ।

जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरोमा पहिरो गएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। अवरुद्ध सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए।

वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन।

साउन २४, २०७९ मंगलबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।