विश्व आदिवासी दिवसमा ६ स्थानीय तहले दिए सार्वजनिक बिदा

विश्व आदिवासी दिवसमा ६ स्थानीय तहले दिए सार्वजनिक बिदा

तनहुँः विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। आज मनाइने दिवसका लागि शुक्लागण्डकी, भानु, व्यास नगरपालिकासहित म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्।

ती पालिकाले सोमबार अलग अलग  विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन्।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका १० वटै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिइन्।

साउन २४, २०७९ मंगलबार ०७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।