लोसपालाई सरकारमा ल्याउनेबारे गठबन्धनको कार्यदलमा छलफल

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता-गठबन्धनमा सहभागी गराउनेबारे गठबन्धनको कार्यदलमा छलफल भएको छ।
सोमबारको पहिलो बैठकमा लोसपालाई पनि गठबन्धनमा सामेल गर्नेबारे छलफल भएको कार्यदलका सदस्य ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिए।
गठबन्धनमा लोसपालाई समावेश गर्ने जिम्मेवारी शीर्ष नेताहरुको रहेको भन्दै उनले लोसपा गठबन्धनमा सहभागी हुने बताए।
लोसपा अध्यक्ष महन्थ ठाकुर सहितको टोलीले आइतबार प्रधानमन्त्रीसँग भेटेर गठबन्धनमा सहभागी हुने र सरकारमा पनि भाग लिने चाहना व्यक्त गरेका थिए।
साउन २३, २०७९ सोमबार १८:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।