ब्राउन सुगरसहित श्रीमान्-श्रीमती र अन्य दुई पक्राउ

ब्राउन सुगरसहित श्रीमान्-श्रीमती र अन्य दुई पक्राउ

सुनसरीः लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न चार जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका- ४ बस्ने २७ वर्षीया सृजना ओझा, सोही स्थानका २८ वर्षीय सुशान्त घिमिरे, धनकुटा शहीद भूमी गाँउपालिका- ५ का ३४ वर्षीय विर्तसिंह राई र उनकी श्रीमती ३५ वर्षीया पवित्रा राई रहेका छन्।

गत २० गते बेलुका ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईटहरी उपमहानगरपालिका- ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिलि ग्राम, ७ हजार नगदसहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको थियो।

उनीहरूबाट विर्तसिंह राई र उनकी श्रीमती पवित्रा राईबाट ब्राउन सुगर खरिद गरिएको भन्ने कुरा अनुसन्धानबाट खुलेसँगै प्रहरी टोलीले विर्तसिंहलाई इटहरी उपमहानगरपालिका- ५ मा फेला पारी शरीर तलासी लिँदा ब्राउन सुगर ६ ग्राम ७६० मिलिग्राम फेला परेको हो। थप ब्राउन सुगर ३३ ग्राम ९० मिलग्राम राई दम्पतीको डेरामा खानतलासी लिदाँ करुवा भित्र लुकाई राखेको अवस्थामा फेला पारिएको थियो।

यस्तै डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत बरामद भएको छ।

लागूऔषध कारोबारमा संलग्न रहेका चारै जनामाथि ईलाका प्रहरी कार्यालय इटहरीबाट सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ।

साउन २३, २०७९ सोमबार ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।