एनसेलले ल्यायो इन्टाग्राम र माइफाइभ निःशुल्क चलाउने मिल्ने सुविधा

काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको छ। यो प्याकमा इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरूमा निःशुल्क प्रयोग गर्न सकिन्छ।
कम्पनीका अनुसार ग्राहकहरूले करसहित ९७ रुपैयाँमा सोमबारबाट यो सिम लिन सक्नेछन्। यो सिममा ग्राहकले २० रुपैंयाको मेन ब्यालेन्स सहित सात दिन समयावधि रहेको दुई सय एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएसको सुविधा पाउनेछन्।
यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा र माइफाइभ निःशुल्क चलाउन पाउनेछन्। माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरू पेयर गरी ती पाँच माईफाइभ नम्बरहरूमा प्रति मिनेट ५० पैसामा कुराकानी गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
ग्राहकले सिम सुचारु गरेको २ देखि ६ महिनाको अवधिभित्र ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सुचारु हुने सुविधा रहेको कम्पनीले जानकारी दिएको छ। निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा ६ महिना सञ्चालनमा रहने छ। ग्राहकले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्ने र आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा कुराकानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
यसै प्याक अन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङ्गामा म्युजिक जस्ता विभिन्न डिजिटल सेवाहरूको ३० दिनसम्म निःशुल्क प्रयोग गर्ने सक्नेछन्।
साउन २२, २०७९ आइतबार २१:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।