चुनाव अगाडि सर्वदलीय सरकार बनाउन राप्रपा महामन्त्रीको माग

चुनाव अगाडि सर्वदलीय सरकार बनाउन राप्रपा महामन्त्रीको माग

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनका लागि सर्वदलीय सरकार गठन गर्न माग गरेको छ। निर्वाचनलाई निष्पक्ष बनाउन उसले सर्वदलीय सरकारको माग गरेको हो।

सरकारले मङ्सिर ४ मा दुवै संसद्को निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ। सोही अनुसार निर्वाचन आयोग तयारीमा जुटेको छ। तर राप्रपाका महामन्त्री भुवन पाठक भने त्यसभन्दा अगाडि सर्वदलीय सरकार गठन गर्नुपर्ने पक्षमा उभिएका छन्।

‘निष्पक्ष निर्वाचन गर्ने हो भने सर्वदलीय वा निष्पक्ष चुनावी सरकार बन्नुपर्यो, राप्रपाका महामन्त्री भुवन पाठकले उकेरासँग भने, ‘विगतमा हाम्रो अनुभवले यस्तो सरकार रह्यो भने धाँधली हुने सम्भावना रहन्छ।’

नागरिकताको प्रावधान सच्याउन माग

उनले विवाह गरे लगत्तै अंगिकृत नागरिकता दिने प्रावधान सच्याउन समेत माग गरे। विवाह गरेको ७ वर्षपछि अङ्गीकृत नागरिकता दिनुपर्ने उनले बताए। ७ वर्ष राजनीतिक अधिकारीको लागि कुर्नुपर्ने पाठकले बताए।

‘वैवाहिक अङ्गीकृत नागरिकता बिहे गर्ने बित्तिकै दिने होइन। हाम्रो दुवैतिर अर्बभन्दा बढी जनसङ्ख्या भएका देशहरू छन्। तीन करोड जनसङ्ख्या भएको देशमा सजिलै नागरिकता उपलब्ध गराइयो भने कालान्तरमा डरलाग्दो हुन्छ, पाठकले भने।

 

साउन २२, २०७९ आइतबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।