एनसेलले पनि ल्यायो भोल्टे सेवा

एनसेलले पनि ल्यायो भोल्टे सेवा

काठमाडौँ : एनसेलले भ्वाइस ओभर एलटिई (भोल्टे) सेवा सञ्चालनमा ल्याएको छ। उसले केही समय अघिदेखि फोरजी एलटिई प्रविधिमा आधारित यो सेवाको परीक्षण गरिरहेको थियो। उसले अब फोरजी नेटवर्कमा भ्वाइस सेवालाई गुणस्तरीय बनाउन भोल्टे सेवा औपचारिक रूपमा सुरु गरेको हो।

यस अघि नेपाल टेलिकमले सबै मोबाइल ब्रान्डमा चल्ने गरी देशैभर यो सेवा सञ्चालनमा ल्याएको थियो। अहिले एनसेलले पहिलो चरणमा सीमित मोबाइलमा मात्रै चल्ने गरी भोल्टे सेवालाई अघि बढाएको हो।

फोरजी नेटवर्कमा आधारित यो सेवा सञ्चालनपछि भ्वाइस नेटवर्क एचडिमा कन्भर्ट हुनेछ। एनसेलले फोरजी नेटवर्कमा केही दिन अघि मात्रै भोल्टे सेवा सक्रिय गरेको हो। मोबाइल निमार्ता कम्पनीहरूसँग एनसेलले भोल्टे सेवा उपलब्ध गराउन आग्रह गर्दै आएको छ। 

साउन २२, २०७९ आइतबार १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।