नेप्से १० अङ्कले बढ्दा शिवम् सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको कारोबार

काठमाडौँ : साताको पहिलो दिन आइतबारको कारोबारमा नेप्से सूचक १० अङ्कले बढेको छ। तर कारोबार रकम भने घटेको छ। आइतबार नेप्से सूचक १०.२७ अङ्कले बढेर २१२३.८३ विन्दुमा पुग्यो।
कारोबार रकम घटेर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रुपैयाँ बराबरको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर मात्र कारोबार भयो।
आइतबार १३ उपसमूह कारोबारमा आए। यीमध्ये लाइफ इन्स्योरेन्स उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखियो। समूहमध्ये होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढ्यो।
आइतबार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको थियो। तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्येश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस ऊर्जाको शेयर मूल्य ६.११ प्रतिशतले बढ्यो।
नयाँ सारथि लघुवित्तको शेयर मूल्य ३.४८ प्रतिशतले घट्यो। सामलिङ्ग पावरको ३.४३ प्रतिशत, ग्रामीण विकास लघुवित्तको ३.३८ प्रतिशत र रुरु जलविद्युतको २.९४ प्रतिशतले घट्यो।
आइतबार शिवम् सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार हुँदा नबिल बैङ्कको १२ करोड ७२ लाख, फरवार्ड लघुवित्तको ९ करोड ९२ लाख र एसियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
साउन २२, २०७९ आइतबार १७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।