पिपुल्स पावरको आईपीओ निष्काशन गर्दै

काठमाडौंः पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही साउन ३१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो।
कम्पनीले २४ लाख ६७ हजार चार सय कित्ता अर्थात् दुई प्रतिशत कम्पनीका कर्मचारीलाई र एक लाख २३ हजार ३७० कित्ता अर्थात् पाँच प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ९४ हजार ६ सय ८२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
लगानीकर्ताले आगामी भदौ ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे भदौ १४ सम्म शेयर खरिदका लागि आवेदन दिन पाइने उल्लेख छ।
कम्पनीले इलामको इलाम नगरपालिका–१ र ४ मा पर्ने पुवा खोलामा चार दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी–बीबी आईएस’ ग्रेडिङ प्रदान गरेको छ।
साउन २२, २०७९ आइतबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।