आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

मोरङः विराटनगर महानगरपालिका-८ बालगोपाल टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार राति ९ बजे स्थानीय ३० वर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका थिए।

मुखियालाई उपचारको लागि कोशी अस्पताल विराटनगर लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन २२, २०७९ आइतबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।