गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु

गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु

गुल्मीः रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नम्बरको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिएको छ। दुर्घटनामा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ।

आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए। ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो।

साउन २२, २०७९ आइतबार १०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।