प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने

काठमाडौंः प्रतिनिधि सभाको ११औं अधिवेशनअन्तर्गतको ५१औं बैठक आज बस्दैछ। बैठकका विभिन्न कार्यसूची रहेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि आजको बैठकमा छलफल हुनेछ। २०७८ फागुन २९ गते माओवादी सांसद देव गरुङले प्रस्तुत गरेको महाअभियोग प्रस्तावमाथि आज छलफल हुने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

आजको प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्नेछ। आज सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले “पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक सम्बन्धी समितिको प्रतिवदेन, २०७९” पेश गर्नेछिन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले “महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन, २०७९” पेश गर्नेछन्।

साउन २२, २०७९ आइतबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।