प्रचण्ड र माधव नेपालप्रति एकाएक नरम सुनिए ओली

प्रचण्ड र माधव नेपालप्रति एकाएक नरम सुनिए ओली

काठमाडौँ : माओवादी केन्द्र र एकीकृत समाजवादीको तुच्छ आलोचना गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली संसदीय निर्वाचन मिति घोषणासँगै नरम देखिएका छन्।

सत्ता गठबन्धनबिचको सहमति अनुसार सरकारले मङ्सिर ४ मा दुवै संसद्को निर्वाचन गर्ने निर्णय गरेसँगै सरकारमा सहभागी पाँच दलबिच दुवै निर्वाचनमा गठबन्धन कायम राखेर जाने सहमति भएको थियो।

शनिवार काठमाडौँमा अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले हिजो आफूले नेपाली कांग्रेसलाई २३ सिटमा खुम्च्याएर ठाडो आँखाले हेर्न नसक्ने बनाएको दाबी गरे।

गठबन्धनले केही असर नपर्ने र एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै आएका ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसलाई साथ दिएर कम्युनिस्ट हराउन लागेको दाबी गरेका थिए।

उनले दुवै दलका अध्यक्षहरू अहिले कांग्रेसको बिट बनेको समेत बताए। उनको शनिवारको सम्बोधन अन्य दिनको भन्दा अलि भिन्न थियो। उनी प्रचण्ड र नेपालप्रति नरम देखिएका थिए। उनी कांग्रेसको आलोचनामा केन्द्रित भएका थिए।

उनले दुवै दल कम्युनिस्टलाई कमजोर बनाउन कांग्रेसँग मिलेको भन्दै दुवै दलका नेता कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गर्दै प्रश्न गरे' कांग्रेसको बिँड हुने कि कम्युनिस्ट पार्टीमा फर्किने?’

साउन २१, २०७९ शनिबार २१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।