नेपाल समाजवादीमा बाबुराम र महेन्द्र राय अध्यक्ष, हिसिला उपाध्यक्ष

नेपाल समाजवादीमा बाबुराम र महेन्द्र राय अध्यक्ष, हिसिला उपाध्यक्ष

काठमाडौँ : नेपाल समाजवादी पार्टीले जनता समाजवादी पार्टीको नेतृत्व संरचना अपनाउँदै अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादवलाई चयन गरेको छ।

शनिवार ललितपुरमा बसेको पार्टीको बैठकले केन्द्रीय समितिका पदाधिकारी टुङ्ग्याउँदै २ अध्यक्षात्मक प्रणाली अपनाएको छ। जसपामा जस्तै सङ्घीय परिषद् अध्यक्षको पद पनि राखिएको छ। तर चयन गरिएको छैन।

जसपामा सङ्घीय परिषद् अध्यक्षमा बाबुराम थिए भने प्रारम्भमा २ अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव थिए। डा बाबुरामले मधेस, पहाड र तराइबाट नेतृत्व प्रतिनिधित्व हुनुपर्ने भन्दै तीन अध्यक्ष बनाउन पार्टीभित्र माग राखेका थिए। तर पछि उनी आफैँ पार्टीबाट बाहिरिएर हिँडे।

बैठकले पार्टी सह अध्यक्षमा गङ्गानारायण श्रेष्ठलाई चयन गरेको छ। उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाह चयन भएका छन्। रमेश यादव महासचिव भएका छन्।

प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराँती, मधेसमा देवेन्द्र यादव, बागमतीमा अक्कलबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल,  कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा. जनक शाह, गैर भौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेका छन्।

साउन २१, २०७९ शनिबार २०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।