गठबन्धन भए पनि संसदीय निर्वाचनमा बहुमत आउने गगनको दाबी

भक्तपुर : नेपाली काग्रेसका महामन्त्री गगन थापाले आसन्न निर्वाचनमा एकजुट भएर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाली कांग्रेसका पूर्व नेता तथा शिक्षासेवी स्व. श्यामबहादुर कार्कीको पन्ध्रौँ स्मृति दिवसमा बालकोटमा आयोजित कार्यक्रममा बोल्दै थापाले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले सङ्गठित ढङ्गले अगाडि बढ्नु आवश्यक रहेको बताए।
कांग्रेस बहुमतउन्मुख र ठुलो दलका रूपमा रहन्छ भन्ने स्थानीय तहको निर्वाचनले देखाइसकेको उनले दाबी गरे। उनले निर्वाचनमा पार्टीको बहुमत आउने दाबी गरेका थिए।
निर्वाचनमा अरू दलहरूसँग गठबन्धन गरेर गए पनि पार्टीभित्रको एकतालाई बलियो बनाउनुपर्ने उनले बताए।
महामन्त्री थापाले स्व.कार्कीले शैक्षिक र राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको बारे चर्चा गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले २०४६ र २०६२/०६३ को राजनीतिक परिवर्तनपछि पनि जनताको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको भन्दै दल र दलका नेतामा आमूल सुधार आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा गणेश आधारभूत विद्यालय बालकोटका ९७ जना बालबालिकालाई झोला एवं स्टेशनरी सामान वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए।
साउन २१, २०७९ शनिबार २०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।