आइएमई लाइफ इन्स्योरेन्सको वृहत् रक्तदान कार्यक्रम

काठमाडौँ : आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौँ वर्षमा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्यो। सात वटै प्रदेशमा गरिएको कार्यक्रममा ५ सय ७१ रक्तदाता सहभागी थिए।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना अनुसार रक्तदान कार्यक्रम गरिएको हो।
कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँ, लैनचौरका साथै शाखा कार्यालयहरू बिर्तामोड, धरान, वीरगन्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौँ वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमहरू आयोजना गर्न लागिएको जानकारी दिए।
२०७४ भदौ १ देखि कारोबार सञ्चालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानीका ग्राहक वर्गका विभिन्न आवश्यकताहरूसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बिमा योजनाहरू प्रदान गर्दै आइरहेको छ।
साउन २१, २०७९ शनिबार २०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।