रवी लामिछानेको आलोचना गर्दै ओलीले भने 'सबलाई चोर भनेको छ, अलिकति सरम हुनुपर्दैन?'

रवी लामिछानेको आलोचना गर्दै ओलीले भने 'सबलाई चोर भनेको छ, अलिकति सरम हुनुपर्दैन?'

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिभिजन छाडेर राजनीतिमा आएका रवी लामिछानेको अभिव्यक्तिको आलोचना गर्दै लाज, सरम नभएको भँडुवा भएको आरोप लगाएका छन्।

शनिवार काठमाडौँमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले देशमा लोकतन्त्र ल्याउन बलिदान गरेर आएका नेताहरुक अपमान गरेको, सबलाई चोर भनेको  भन्दै प्रश्न गरे',अलिकति सरम हुनुपर्दैन ?।’

उनले तानाशाहीविरुद्ध लड्दा अङ्गभङ्ग भएका परिवारका सदस्य गुमाएर लोकतन्त्र ल्याएका नेता र पार्टीको अपमान गर्दै हिँडेको भन्दै उनलाई कुसंस्कार, कुसंस्कृति, असभ्यता सिकाएको दाबी गरे।

उनले लामिछानेको व्यवहारलाई देश बिगार्ने, भाँड्ने भडुवाहरुको तरिका भएको भन्दै आलोचना गरेका थिए।

उनले स्वतन्त्र उम्मेदवारले एकाध ठाउँमा जिते पनि देशभरका नागरिकको भावनाको प्रतिनिधित्व गर्न नसक्ने दाबी गरेका थिए।

साउन २१, २०७९ शनिबार २०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।