बाबुरामको नयाँ पार्टीको केन्द्रमा आफ्नै परिवारका तीन सदस्य

बाबुरामको नयाँ पार्टीको केन्द्रमा आफ्नै परिवारका तीन सदस्य

काठमाडौँ : बाबुराम भट्टराइले आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी पुनर्गठन गरेका छन्। जनता समाजवादी पार्टी छाडेका भट्टराइले १ सय ८९ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्।

जसपामा विवाद हुँदा नै उनले आफू निकट दीपक लामिछानेको नेतृत्वमा नेपाल समाजवादी पार्टी दर्ता गराएका थिए। जसपाबाट अलग भएपछि लामिछानेले पार्टी नेतृत्व बाबुरामलाई हस्तान्तरण गरे।

पार्टीको पहिलो वरियतामा बाबुराम छन् भने दोस्रोमा जसपाबाट आएका पूर्व मन्त्री महिन्द्र राय यादव रहेका छन्। तेस्रो वरीयतामा गङ्गानारायण श्रेष्ठ रहेको कार्यसमितिमा बाबुराम परिवारका तीन जना सदस्य छन्। कार्यसमितिमा उनको श्रीमती हिसिला यमी अनि छोरी मानुषी समेत अटाएकी छिन्।

जसपासँग एकता गर्दा पार्टीमा बाबुराम मात्रै प्रतिनिधि सभा सदस्य थिए। अहिले जसपा छाडेर आउँदा उनीसँगै महिन्द्र समेत आएपछि २ सांसद भएका छन्।

कार्यसमितिमा दुर्गा सोव, भक्तबहादुर शाह, रमेश प्रसाद यादव, अक्कल बहादुर थिङ, अब्दुल रहमान मुसलमान, अमृत कुमार पुरी, मृत बहादुर आचार्य, ईश्वर रिजाल, उपेन्द्रलाल कामी, उमाशङ्कर यादव, उर्मिला पाण्डे, उमेश साह लगायतका छन्। 

साउन २१, २०७९ शनिबार १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।