पथरीबाट ब्राउन सुगरसहित एक युवा पक्राउ

पथरीबाट ब्राउन सुगरसहित एक युवा पक्राउ

मोरङः पथरी शनिश्चरे नगरपालिका- १ गुद्री बजारबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय अक्षय माझी रहेका छन्।

हिजो बेलुका साढे ७ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली माझीलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ४ मिलिग्राम सहित पक्राउ गरेको हो।

माझीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन २१, २०७९ शनिबार ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।