६ तोला सुन र २९७ तोला चाँदी चोर्ने २६ वर्षीय अनिल पक्राउ

६ तोला सुन र २९७ तोला चाँदी चोर्ने २६ वर्षीय अनिल पक्राउ

सुनसरीः बराहक्षेत्र नगरपालिका- १ चतरास्थित लक्ष्मण विकको औलिया ज्वेलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय अनिल बराइली रहेका छन्।

हिजो राति एक तला पक्की घरमा रहेको औलिया ज्वेलर्समा घरपछाडि काठको ढोकाको कब्जा फुटाई सुनचाँदी चोरी भएको सूचना पाए लगतै ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटेको थियो।

घटनाको सुक्ष्म अनुसन्धान थालेको प्रहरीले चोरी भएको २४ घण्टा नबित्दै हिजो दिउँसो साढे २ बजे उनलाई पक्रन सफल भएको हो।

अनुसन्धानका क्रममा शंकास्पद अनिलको घरकोठा खानतलासी गर्दा दराजपछाडि कालो झोलामा लुकाएर राखिएको चोरीको सुनका गरगहनाहरू ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरू २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको हो।

हाल अनिलमाथि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ।

साउन २१, २०७९ शनिबार १०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।