
पाल्पाको रामपुरमा जीप र अटो ठोकिँदा एक जनाको मृत्यु, तीन घाइते

काठमाडौंः पाल्पाको रामपुर नगरपालिका- ५ सानी अमराईमा हिजो साँझ जीप र अटो रिक्सा एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा तीन जना भने घाइते भएका छन्।
कालीगण्डकीको करिडोरमा कालीआँपबाट बेझाडतर्फ जाँदै गरेको लु१ज ४१३३ नम्बरको जीप र विपरीत दिशाबाट आउँदै गरेको लु१ह ४१३८ नम्बरको अटो रिक्सा हिजो साँझ पौने ७ बजे आपसमा ठोकिएका थिए।
दुर्घटनामा घाइते भएका रिक्सा चालक रामपुर बस्ने पाल्पाकै निस्दी गाउँपालिका- २ का ४५ वर्षीय चोकबहादुर ढेंगाको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो।
घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधनसहित जीप चालकलाई ईलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिइसकेको छ।
साउन २१, २०७९ शनिबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।